images
images

नदी किनारमा बनेको अवैध संरचना सात दिनभित्र हटाउन महानगरको निर्देशन


  • 294
    SHARES
  • २०७९ चैत्र ११ गते शनिबार

    नदी किनारमा बनेको अवैध संरचना सात दिनभित्र हटाउन महानगरको निर्देशन

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ ।

    आज एक सूचना प्रकाशित गर्दै महानगरले नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल संरचना अन्यत्र सार्न सूचित गरेको हो ।  

    एक साताभित्र अनधिकृत संरचना नहटाएमा प्रचलित कानुन बमोजिम संरचना हटाइने र सो को खर्च सम्बन्धित पक्षसँगै असुल उपर गरिने महानगरद्वारा जारी सूचनामा उल्लेख छ । 

    काठमाडौं महानगरभित्रका बागमती, बिष्णुमतीलगायत नदी किनारमा अनधिकृत संरचनाहरू बनेका छन्। 

    Capture_KO2I6ZXhka.webp

      


    images
    images

    Logo