images
images

अध्यागमन प्रमुख सहित डेढ दर्जन जिल्लाका सिडियोको सरूवा 


  • 381
    SHARES
  • २०७९ चैत्र ११ गते शनिबार

    अध्यागमन प्रमुख सहित डेढ दर्जन जिल्लाका सिडियोको सरूवा 

    काठमाडौ । सरकारले डेढ दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। गृहमन्त्री समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न जिल्लाका सिडियोको सरूवा गरेका हुन् ।
     
    सरूवामा पर्नेमा पाँचथरका गणेश गैरे, धनकुटाका लिला कुमार केसी पाण्डे, दोलखाका शेखर पौड्याल, रामेछापका शोभाकर रेग्मी, लमजुङका बसन्तराज पुरी रहेका छन् । त्यस्तै पर्वतका चित्रागत बराल, बाग्लुङका गणेश प्रसाद पौडेल र प्युठानका बेदप्रसाद अर्यालको पनि सरुवा भएको छ । 

    उनीहरूलाई विभिन्न जिल्लामा पस्थापन गरिएको छ। त्यस्तै प्रमुख अध्यागमन अधिकृत बासुदेव घिमिरेलाई गृहमन्त्रालयमा तानिएको छ। सो ठाउँमा सहसचिव रामबन्धु सुवेदीलाई पठाइएको छ।

    सरकारले सहसचिव रुद्र सिंह तामाङलाई राष्ट्रिय विपद् जोमिख न्युनीकरणमा पदास्थपन गरेको छ भने महादेव पन्तलाई गृहकै आन्तरिक व्यवस्थापन महाशाखामा पदास्थपन गरेको छ।

    त्यस्तै पाँचथरमा मेखबहादुर मगराती, लमजुङमा रामकृष्ण अधिकारी, जुम्लामा जयकुमार घिमिरे, पर्वतमा प्रेमप्रसाद आचार्यलाई सिडियोका रूपमा पठाइएको छ । त्यस्तै  दोलखामा कोमल प्रसाद धमला, रामेछापमा अनिता निरौला, सल्यानमा बेदप्रसाद खरेल, प्युठानमा मदन कोइराला, जाजरकोटमा रामकुमार महतो र धनकुटामा थानेश्वर गौतमलाई सिडिओ बनाइएको छ।

     

     


    images
    images

    Logo