images
images

नेपालमा कुल घरको संख्या ७५ लाख ५२ हजार ( पुर्णपाठसहित )


  • 1.2K
    SHARES
  • २०७९ चैत्र १० गते शुक्रबार

    नेपालमा कुल घरको संख्या ७५ लाख ५२ हजार ( पुर्णपाठसहित )

    काठमाडौं । नेपालमा कुल घरको संख्या ७५ लाख ५२ हजार रहेको छ ।राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको हो।राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।

    राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन्। अन्य लिङ्गीको संख्या दुई हजार ९२८ छ। यो कुल जनसंख्याको ०.००१ प्रतिशत हो।

    राष्ट्रिय जनगणना–२०७८ को नतिजा अनुसार ७५ लाख ५२ हजार ६६ घरहरु रहेको छ । शुक्रबार एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तिम नतिजा सार्वजनिक गरेका हुन् । यसअघि माघमा प्रारम्भिक नतिजा मात्र सार्वजनिक गरिएको थियो । 

    राष्ट्रिय जनगणना–२०७८ मा मुख्य प्रयोग अनुसार देशभरका सम्पूर्ण घरहरुको विवरण संकलनसमेत गरिएको छ । घरको धेरैजसो भाग के कामका लागि प्रयोग भएको थियो सोको आधारमा मुख्य प्रयोगलाई विभिन्न १२ प्रकारमा वर्गीकरण गरिएको छ ।

    देशभर जम्मा ७५,५२,०६६ वटा घर संरचना रहेको छ, जसमध्ये मुख्य रूपमा आवासका लागि प्रयोग भएका घर ७१.७ प्रतिशत, गोठ/धन्सार/मतान १०.१ प्रतिशत, खाली घर ६.३ प्रतिशत, अन्य (जस्तैः भान्सा घर) ५.९ प्रतिशत, व्यापार ३.१ प्रतिशत, शैक्षिक १.१ प्रतिशत, उद्योग/कलकारखाना र संस्थागत तथा सरकारी ०.४र०.४ प्रतिशत, होटल तथा लज ०.३ प्रतिशत, स्वास्थ्यजन्य ०.२ प्रतिशत र बैंक तथा वित्तीय संस्था ०.१ प्रतिशत रहेका छन् ।

    प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी लुम्बिनी प्रदेशका ७५.० प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ६८.० प्रतिशत घरहरू मुख्य रुपमा आवासको लागि प्रयोग भएका छन् ।

     


    images
    images

    Logo