काठमाडौँ । प्रहरी प्रमुख नियुक्ति लगायतका निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै छ । नीयमित रूपमा बिहीबार बस्नुपर्ने बैठक शुक्रवार अपरान्ह ४ वजेका लागि सारिएको हो ।
मन्त्रिपरिषद् वैठकले नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्नेछ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह शुक्रबार मध्रातीबाट अवकाशमा जाँदै छन् । प्रहरी मुख्यालयले प्रहरी प्रमुख सहित तीन ए आइजी, दुई डिआइजीलाई शुक्रवार अपरान्ह बिदाइ गर्ने कार्यक्रम तय गरेको छ ।
सिंहले अवकाश पाएसँगै ३० औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुबीच तीव्र प्रतिस्पर्धा छ । ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरु आईजीपीको दाबेदार छन् । चैत ६ मा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षकको दाबेदार हुन् ।
उनीहरूमध्ये पनि पछिल्लो समय दुई जना बीच कडा प्रतिस्पर्धा देखिएको छ ।प्रतिस्पर्धामा वसन्त कुँवर र लिपक थापा अगाडि छन् । मेरिटमा अगाडि भएकाले कुँवरलाई मुख्य दाबेदारको रूपमा हेरिएको छ । कुँवर भन्दा ५ महिनापछि प्रहरी सेवामा आएका दिपक थापा मेरिट लिस्टको तेस्रो नम्बरमा छन् ।



