images
images

एकैपटक बैंक तथा रेमिट्यान्स कम्पनीमा सञ्चालक बन्न नपाइने


  • 325
    SHARES
  • २०७९ चैत्र ९ गते बिहीबार

    एकैपटक बैंक तथा रेमिट्यान्स कम्पनीमा सञ्चालक बन्न नपाइने

    काठमाडौं । तथा वित्तीय संस्थामा भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थामा सञ्चालकको पदमा रहेको व्यक्ति एकैपटक  बैंक तथा रेमिट्यान्स कम्पनीमा सञ्चालक बन्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

    ‘यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थामा सञ्चालक/पदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकै पटक यस बैंकबाट इजाजतपत्रप्राप्त मनिचेञ्जर / विप्रेषण कम्पनीमा सञ्चालक/पदाधिकारी पदमा बहाल रहन पाउने छैन ।’ परिपत्रमा भनिएको छ । 

    त्यस्तै, यस बैंकबाट इजाजतपत्रप्राप्त मनिचेञ्जर/विप्रेषण कम्पनीको सञ्चालक/पदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकै पटक अन्य मनिचेञ्जर र/वा विप्रेषण कम्पनीमा सञ्चालक/पदाधिकारी पदमा बहाल रहन नपाउने व्यवस्था गरेको बैंकले जनाएको छ । 

    राष्ट्र बैंकले भनेको जस्तो नभएको खण्डमा २०८० असोज मसान्तभित्र नियमित गरिसक्नुपर्नेछ निर्देशनमा उल्लेख गरेको छ ।  अन्यन्त्र जुनसुकै कुरा लेखिएता पनि नेपाल सरकार वा यस बैंकले नियुक्त गरेको अवस्थामा उपर्युक्त व्यवस्थाले बाधा पुर्याएको मानिने छैनन् । 

    त्यस्तै, विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्रप्राप्त निकायहरुले आफ्नो सेवाग्राहीलाई उपलब्ध गराएको सटही सुविधा अन्तर्गतको विदेशी मुद्रामध्ये आंशिकरुपमा मात्र खर्च भई वा पूर्ण रुपमा बचत भएको विदेशी मुद्रा फिर्ता लिनु पर्दा (सटही सुविधा नगद बाहेकका उपकरणमार्फत् प्रदान गरिएको हकमा सोसमेत) प्रचलित विनिमय दरमा सटही गर्नुपर्ने  बैंकले जनाएको छ । 


    images
    images

    Logo