images
images

८ महिनामा आयात १९ प्रतिशत र निर्यात २९ प्रतिशतले घट्यो 


  • 316
    SHARES
  • २०७९ चैत्र ८ गते बुधबार

    ८ महिनामा आयात १९ प्रतिशत र निर्यात २९ प्रतिशतले घट्यो 

    काठमाडौं । चालु आर्थिक बर्षको फागुनमहिनासम्ममा आयात र निर्यात दुवै घटेको छ । साे समयमा आयात र निर्यात दुवै खुम्चिएको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार आयात १९.१३ प्रतिशतले घटेको छ भने निर्यात २९.०७ प्रतिशतले घटेकाे छ । 

    विभागका अनुसार फागुनसम्ममा नेपालले १० खर्ब ५८ अर्ब रुपैयाँ बराबराबको आयात गरेको छ भने निर्यात एक खर्ब नाघेको छ । साे समयमा निर्यात १ खर्ब ४ अर्वमा सिमित भएको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा आयात १३ खर्ब ८ अर्ब रुपैयाँ भएको थियो भने  निर्यात १ खर्ब ४७ अर्ब रुपैयाँ निर्यात भएको थियो ।

    विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालको वैदेशिक व्यापार घाटामा १७.८६ प्रतिशतले कमी आएको आएको छ । अहिले व्यापार घाटा  ९ खर्ब ५३ अर्ब छ जुन अघिल्लो वर्ष सोही अवधिमा ११ खर्ब ६० अर्ब  रुपैयाँ थियो । तर गत वर्षको सोही अवधिको आयात निर्यात अनुपात १४.०२ प्रतिशतले बढेको छ । 

     

     

     

     

     

     

     

     


    images
    images

    Logo