images
images

एक महिनामा १ अर्ब ६५ करोड रुपैयाँ रकमान्तर, कुन आयोजनामा कति ? 


  • 332
    SHARES
  • २०७९ चैत्र ७ गते मंगलबार

    एक महिनामा १ अर्ब ६५ करोड रुपैयाँ रकमान्तर, कुन आयोजनामा कति ? 

    काठमाडौं । सरकाले फागुन महिनामा  १ अर्ब ६५ करोड रुपैयाँ बराबरको बजेट रकमान्तर गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ४ वटा आयोजनाबाट रकमान्तर गरिएकाे हाे । सरकारले सवैभन्दा धेरै वुढी गण्डकी आयोजनाबाट रकमान्तर गरेको छ । यस आयोजनाको ४० करोड रुपैयाँ बजेट नारायणी नदी नियन्त्रणको लागि रकमान्तर गरेको छ । यो रकम नारायणी नदी व्यवस्थापन आयोजना, चितवन रिभेन्टमेन्ट निमार्ण तथा तटवन्द निमार्णको कायमा खर्च गरिने भएको छ । 

    त्यस्तै, वुढी गण्डकी आयोजनाको  १ अर्ब रुपैयाँ सुनकोशी मसरन डाइर्भसन बहुउछेशिय आयोजनामा रकमान्तर गरिएको छ ।  उत्तर–दक्षिण राजमार्ग (कर्णाली, कालिगण्डकी र कोशी)बाट १० करोड रुपैयाँ बजेट मदन भण्डारी राजमार्गका लागि रकमान्तर गरिएको छ ।

    अर्थ मन्त्रालयका अनुसार प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोन्नती कार्यक्रमबाट १५ करोड रुपैयाँ कटौती गरी यो बजेट सूर्यविनायक धुलिखेल र कोटेश्वर बानेश्वर त्रिपुरेश्वर सडकका लागि रकमान्तर गरिएको छ । 

    फागनुमा ३७ करोड ४९ लाख निकासा 

    चालुआर्थिक बर्षको फागुन महिनामा सरकारले  ३७ करोड ४९ लाख निकासा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सरकाले कुल  ३७ करोड ४९ लाख २ हजार ६८ रुपैयाँ बराबरको निकासा गरेको हो । 

    मन्त्रालयका अनुसार सवैभन्दा धेरै आन्तरिक राजस्व विभाग अन्तगत चुरोटको अन्तशुल्क स्टिकर छपाइ प्रयोजनाको लागि २० करोड रुपैयाँ निकासा गरेको छ । त्यस्तै, लुम्विनी प्रदेश अन्तर्गतको बुटवल महानगरपालिकाको अधुरा आयोजनाको सिर्जित दायित्व भुक्तानी गर्ने प्रयोजनार्थ सशर्त अनुदान रुपमा वित्तीय हस्तान्तरण स्वीकृतीमा ३ करोड २८ लाख ६३ हजार रुपौयँ निकासा गरेको छ । 

    discharge 1.jpg

    discharge 2.jpg

    discharge 3.jpg

     

     

     


    images
    images

    Logo