images
images

रासायनिक मलमा घटाइएको अनुदान फिर्ता, पुरानै कायम गर्ने सरकारको निर्णय


  • 458
    SHARES
  • २०७९ चैत्र ६ गते सोमबार

    रासायनिक मलमा घटाइएको अनुदान फिर्ता, पुरानै कायम गर्ने सरकारको निर्णय

    काठमाडौं । रासायनिक मलमा घटाइएको अनुदान फिर्ता भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ।

    गत फागु २९ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको थियो । आज बसेको मन्त्रिपरिषद बैठकपछि रासायनिक मलको अनुदान र मूल्यसमेत यथावत रहने भएको छ ।

    रासायनिक मलमा यसअघि समग्रमा ७० दशमलव ८२ प्रतिशत बराबर अनुदान दिइरहेकोमा मन्त्रालयले गत फागुनमा ५९ दशमलव ०४ प्रतिशत कायम गरेको थियो । अब सरकारले पुनः ७० दशमलव ८२ प्रतिशत बराबर अनुदान दिने निर्णय गरेको हो । 


    images
    images

    Logo