काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
यसरी बढुवा हुनेमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका छन् ।