images
images

आठ महिनामा स्वास्थ्य बीमा बोर्डले गर्यो ७ अर्ब २२ करोड भुक्तानी


  • 447
    SHARES
  • २०७९ चैत्र ४ गते शनिबार

    आठ महिनामा स्वास्थ्य बीमा बोर्डले गर्यो ७ अर्ब २२ करोड भुक्तानी

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आठ महिनामा ७ अर्ब २२ करोड रुपैयाँ भुक्तानी गरेको छ । बोर्ड फागुन मसान्तसम्ममा पाँच पटक गरी बोर्डमा आवद्ध भएका सेवा प्रदायक संस्थाहरुलाई सो बराबरको रकम भुक्तानी गरेको हो । 

    बोर्डले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार पाँचौं किस्तावापत स्वास्थ्य संस्थाहरूलाई कूल १ अर्ब ६३ करोड रूपैयाँ दाबी भुक्तानी गर्ने निर्णय भएको छ। बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत स्वास्थ्य उपचार सेवा र औषधी उपलब्ध गराएकोमा देशभरका सूचीकृतमध्ये ३ सय ४७ वटा स्वास्थ्य संस्थालाई यो रकम दिने निर्णय गरेको हो।

    बोर्डले चालू आर्थिक वर्ष भदौमा पहिलो दाबी भुक्तानीवापत २ अर्ब ६७ करोड ११ लाख रुपैयाँ भुक्तानी उपलब्ध गराएको थियो । यसैगरी दोश्रो दाबी भुक्तानीवापत असोजमा ६६ करोड ८१ लाख रुपैयाँ, तेश्रो दाबी भुक्तानीवापत कात्तिकमा १ अर्ब ७ करोड ६ लाख रुपैयाँ र चौथो दाबी भुक्तानीवापत पौषमा १ अर्ब १८ करोड रुपैयाँ भुक्तानी गरेको छ । 

    यसका साथै बोर्डले २०७२ सालमा सामाजिक सुरक्षाका रुपमा शुरु भएको यस कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ ।

     

     


    images
    images

    Logo