images
images

रू एक लाख ४५ हजार मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण


  • 610
    SHARES
  • २०७८ आषाढ १८ गते शुक्रबार

    रू एक लाख ४५ हजार मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

    मंगलबारे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इलामले जिल्लास्थित जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । बिहीबार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्कालाई उक्त सामग्री प्रदान गरिएको हो ।

    माओवादी केन्द्रको केन्द्रीय कार्यक्रमअन्तर्गत देशभरिका ७७ वटै जिल्लामा स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रमअनुसार इलाममा पनि वितरण गरिएको माओवादी केन्द्र इलाम नगरपालिकाका अध्यक्ष प्रभास शर्माले जानकारी दिए । कोरोनाबाट बच्न र जनचेतना फैलाउनसमेत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको उनको भनाइ छ ।

    कोभिड–१९ सङ्कट व्यवस्थापन समितिलाई एन्टिजेन किट, पिपिइ सेट, एप्रोन, फेसशिल्ड, केएन–९५ मास्क, सर्जिकल मास्क, पल्स अक्सोमिटरलगायतका करिब रु १ लाख ४५ हजार मूल्य बराबरको सामग्री उपलब्ध गराइएको उनले बताए । हालको विषम परिस्थितिमा गाउँ शहरमा गएर सामग्री वितरण गर्न असहज भएकाले कोभिड–१९ सङकट व्यवस्थापन समितिले आवश्यक परेको स्थानमा स्वास्थ्य सामग्री उपलब्ध गराउन सकोस् भनेर सामग्री प्रदान गरिएको माओवादी केन्द्र प्रदेश नं १ की सदस्य टीका घिमिरेले बताए । 

    यता सामग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी खड्काले बढी आवश्यक परेका क्षेत्रमा सो सामग्री वितरण गरिने बताए । उनले सबै स्थानीय तहमा भन्दा पनि जोखिम उच्च रहेका क्षेत्रमा स्वास्थ्य सामग्री वितरण गरिने छ । जिल्लाका बजारमा भन्दा पनि गाउँगाउँमा कोरोना बढ्दै गएपछि जिल्लावासी चिन्तित छन् । 


    images
    images

    Logo