images
images

५ कम्पनी परे खरिद कार्यालयको कालोसूचीमा, कुन कुन परे ?


  • 340
    SHARES
  • २०७९ फाल्गुण ८ गते सोमबार

    ५  कम्पनी परे खरिद कार्यालयको कालोसूचीमा, कुन कुन परे ?

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ५ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।  कार्यालयले सोमवार सूचना जारी गर्दै विभिन्न उक्त कम्पनीहरुलाई एकदेखि २ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।

    ती कम्पनीहरुलाई कार्यालयले काममा लापरबाही, गुणस्तरहीन काम भएको र ढिलासुस्ती गरेको भन्दै कालोसूचीमा राखेको छ । जसमध्ये मुढभरी एण्ड जोशी कन्ट्रक्सनलाई २ वर्षको लागि कालोसूचीमा राखिएको छ भने अन्य ४ वटा निर्माण कम्पनीलाई १ वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । 

    कार्यालयले आजैदेखि लागु हुनेगरि उक्त कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा राखिएको अवधिभर यी कम्पनीले सार्वजनिक निकायको खरिद कार्यमा सहभागी हुन पाउने छैनन् । 

    black.JPG


    images
    images

    Logo