images
images

प्राधिकरणले महशुल घटाएर पठायो सुन्दर यातायातलाई नयाँ विल


  • 325
    SHARES
  • २०७९ माघ २४ गते मंगलबार

    प्राधिकरणले महशुल घटाएर पठायो सुन्दर यातायातलाई नयाँ विल

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सुन्दर यातायातलाई  महशुल घटाएर नयाँ विल पठाएको छ । प्राधिकरणले यस अघि माघ महिनाको लागि पठाएको विद्युतीय चार्जिंग सम्बन्धी मिटरको महशुल बिलमा त्रुटी भएको भन्दै त्यसलाई संशोधन गरेर महशुल घटाई नयाँ बिल पठाएको हो । 

    प्राधिकरणले माघ महिनाको बिलमा एलटी चार्जिङ स्टेसन हुनुपर्नेमा अन्यथा भएकोले आवश्यक संसोधन गरि हिजो सोमबार नयाँ बिल पठाएको हो। डिमाण्ड नलाग्ने महशल दरको सम्बन्धमा भने आवश्यक कारवाही भईरहेको जवाफ प्राधिकरणले कम्पनीलाई दिएको छ ।

    काठमाडौँसहित देशका ठूला सहरमा सार्वजनिक विद्युतीय बस चलाउँदै आएको भएपनि सरकारले असहयोग गरेको भन्दै सुन्दर यातायातले हिजो सोमबारबाट सबै बिजुली बस नचलाउँने निर्णय गरेको थियो । डिमाण्ड शुल्क हटाउने निर्णय भएको १ वर्ष भइसक्दा पनि अतिरिक्त डिमाण्ड चार्ज लिने काम जारी राखेको भन्दै सुन्दर यातायातले बिजुली बस नचलाउँने निर्णय गरेको थियो । 

    सुन्दर यातायात प्रा.ली.ले काठमाडौँसहित जनकपुर, ढल्केबर, बुटवलमा १८ वटा सार्वजनिक विद्युतीय सवारी साधन चलाउँदै आएको थियो । 


    images
    images

    Logo