images
images

७ निर्माण कम्पनीलाई ठेक्का तोड्ने चेतावनी, ७ दिनभित्र स्पष्टिकरण बुझाउन निर्देशन


  • 414
    SHARES
  • २०७९ माघ १० गते मंगलबार

    ७ निर्माण कम्पनीलाई ठेक्का तोड्ने चेतावनी, ७ दिनभित्र स्पष्टिकरण बुझाउन निर्देशन

    काठमाडाैं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ७ कम्पनीलाई ठेक्का तोड्ने चेतावनी दिएको छ । मंगलवार कार्यालयले सूचना जारी गर्दै उक्त ७ कम्पनीलाई यस्तो चेतावनी दिएको हो । 

    सिरुवा कन्स्ट्रक्सन कम्पनी, बिजनेस नेपाल कन्सल्टेन्सी, युनाइटेड एग्रो इन्जिनियरिङ, भोलेबाबा कन्स्ट्रक्सन, डाइग्नोकेम इन्टरनेशनल, कल्पना कन्स्ट्रक्सन र आकाश एण्ड पवन कन्स्ट्रक्सनलाई कार्यालयले ठेक्का तोड्ने चेतावनी दिएको छ । 

    कार्यालयले उक्त ७ कम्पनीलाई ठेक्का किन नतोड्ने भनी ७ दिन भित्र लिखित स्पष्टीकरण बुझाउन पनि निर्देशन दिएको छ ।  यदि सो स्पष्टीकरण चित्तबुझ्दो नभएमा कार्यालयले सो कम्पनीहरुलाई सार्वजनिक खरिद कार्यालयको कालोसूचीमा राख्ने समेत चेतावनी दिएको छ ।

    विभिन्न प्रकारका निर्माण ठेक्का लिएर सम्झौताअनुसार काम नगरेपछि कार्यालयले उक्त कम्पनीलाई यस्तो चेतावनी दिएको हो । 

    अनुगमन कार्यालयले यी निर्माण व्यवसायीलाई कालोसूचीमा राख्‍ने प्रक्रिया अगाडि बढाएको जनाएको छ। कार्यालयका अनुसार यी निर्माण व्यवसायीहरुलाई १ देखि ३ वर्षसम्मको लागि कालोसूचीमा राखिनेछ।


    images
    images

    Logo