images
images

पुसमहिनासम्ममा आयात २०.६८ प्रतिशतले र निर्यात ३२ प्रतिशतले घट्यो 


  • 319
    SHARES
  • २०७९ माघ ९ गते सोमबार

    पुसमहिनासम्ममा आयात २०.६८ प्रतिशतले र निर्यात ३२ प्रतिशतले घट्यो 

    काठमाडौं । चालु आर्थिक बर्षको पुसमहिनासम्मा आयात र निर्यात दुवै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार आयात २० प्रतिशतले घटेको छ । 

    विभागका अनुसार पुसमहिनासम्ममा नेपालले ७ खर्ब ९२ अर्ब रुपैयाँ बराबराबको आयात गरेको छ भने निर्यात ८० अर्ब ८० करोडमा सिमित भएको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा आयात ९ खर्ब ९९ अर्ब रुपैयाँ भएको थियो भने निर्यात १ खर्ब १८ अर्ब रुपैयाँ निर्यात भएको थियो ।

    विभागले सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार नेपालको वैदेशिक व्यापार घाटामा १९ प्रतिशतले कमी आएको आएको छ । अहिले व्यापार घाटा ७ खर्ब ११ अर्ब  ८५ करोड छ जुन अगिल्लो वर्ष सोही अवधिका ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ थियो । तर गत वर्षको सोही अवधिको आयात निर्यात अनुपात १६.६६ प्रतिशतले बढेको छ । 

     

     


    images
    images

    Logo