काठमाडौं ।आज प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन हुँदैछ। यसका लागि सत्ता गठबन्धन र विपक्षी गठबन्धनले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन्।
संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुखमा उम्मेदवारी दर्ता गरेका छन् । रानामगरलाई रास्वपाकै सोबिता गौतमले प्रस्ताव गरेकी हुन् भने उनका समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन छन्।
यस्तै यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्री पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी र लोसपा सांसद सर्वेन्द्रनाथ शुक्ला छन्। उपसभामुखमा उम्मेदवारी दिएका दुवै नेतृ फरक पृष्ठभूमिका हुन्।