काठमाडौं । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयले आफ्नो निर्देशन पालना नगरेको भन्दै आपत्ति जनाएको छ । गृहमन्त्री रवि लामिछानेले फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न निर्देशन दिए पनि प्रहरीले नमानेको भन्दै विज्ञप्ति जनाएरै आपत्ति जनाएको हो ।
मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले विज्ञप्ति जारी गर्दै यस्तो उल्लेख गरेका हुन् । विज्ञप्तिमा मन्त्रालयले पत्राचार गरेरै उनलाई पक्राउ गर्न निर्देशन दिएको हो ।
