images
images

नाफामा जान थाल्यो नारायणी डेभलपमेन्ट बैंक


  • 365
    SHARES
  • २०७९ माघ ६ गते शुक्रबार

    नाफामा जान थाल्यो नारायणी डेभलपमेन्ट बैंक

    काठमाडौं । समस्याग्रस्त अवस्थाबाट मुक्त भएपछि नारायणी डेभलपमेन्ट बैंक पहिलो पटक नाफामा गएको छ ।बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले ७२ हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५१ लाख ५८ हजार ७ सय ७५ रुपैयाँ नोक्सान ब्यहोरेको थियो ।

    दोस्रो त्रैमासमा नाफामा गएको विवरण देखिएपनि बैंकको यो त्रैमाससम्मको अवस्था भने नकारात्मक नै छ । ६ महिनासम्म सो बैंक १ करोड ६६ लाख रुपैयाँले नोक्सानमा हँदा सञ्चित नोक्सान बढेर २५ करोड रुपैयाँ पुगेको छ । 

    बैंकले सो अवधिमा ५९ करोड ६७ लाख ९ हजार ८ सय साठी रुपैयाँ निक्षेप संकलन गर्दा ५३ करोड ११ लाख ९९ हजार २ सय ८२ रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको सो अवधिभन्दा निक्षेप संकलन ३४.३४ प्रतिशत र कर्जा प्रवाह ३३.६३ प्रतिशतले वृद्धि भएको छ । 

    सो अवधिमा बैंकको पुँजी कोष अनुपात १५.७३ प्रतिशत रहेको छ । निष्कृय कर्जा अनुपात २.८३ प्रतिशतमा झरेको छ । कोषको लागत ९.४९ प्रतिशत हुँदा आधार दर १७.०२ प्रतिशत रहेको छ । पुस मसान्तसम्मा बैंकको प्रति शेयर आम्दानी ५.२३ रुपैयाँ छ भने प्रति शेयर नेटवर्थ ५३.२३ रुपैयाँ रहेको छ । 

     


    images
    images

    Logo