images
images

७३ प्रतिशतले बढ्यो निफ्राको नाफा, ईपीएस कति पुग्यो ?


  • 1.0K
    SHARES
  • २०७९ माघ ६ गते शुक्रबार

    ७३ प्रतिशतले बढ्यो निफ्राको नाफा, ईपीएस कति पुग्यो ?

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा ७३.२७ प्रतिशतले बढेको छ । आर्थिक वर्षको पुससम्ममा बैंकले ६० करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा ३४ करोड ८८ लाख रुपैयाँ रहेको थियो । 

    पुस मसान्तसम्मा बैंकको खुद व्याज आम्दानी १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । गत वर्ष सोही अवधिमा यो रकम ८२ करोड ३५ लाख रुपैयाँ रहेको छ । यो गत वर्षको तुलनामा ६०.८९ प्रतिशतले बढि हो । सो अवधिमा बैंकको सञ्चालन नाफामा बैंकले १ अर्ब ९ करोड रुपैयाँ गरेको छ ।

    सो अवधिमा जगेडा कोष ४१.३० प्रतिशत घटेर १ अर्ब ६६ करोडमा झरेको छ। त्यस्तै, बैंकको निक्षेप ७१.१२ प्रतिशत बढेर ५७ करोड ७९ लाख रुपैयाँ पुगेको छ भने कर्जा १४३.६३ प्रतिशत बढेर १९ अर्ब ८३ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

    सो समयमा बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९ पैसा रहेको छ भने  छ भने बैंकको प्रतिशेयर नेटवर्थ १ सय ७ रुपैयाँ ७३ पैसा रहेको छ ।


    images
    images

    Logo