images
images

प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित 


  • 386
    SHARES
  • २०७९ माघ ५ गते बिहीबार

    प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित 

    काठमाडौं । सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत पुगेकाले सभामुख पदमा निर्वाचित भएको संसदका जेयष्ठ सदस्य पशुपति शमशेर राणाले घोषणा गरेका हुन् । सत्ता गठबन्धनका तर्फबाट सभामुख पदमा उम्मेदवार बनेका घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १ सय ६७ मत परेको छ ।

    त्यसैगरी हुन्न भन्ने पक्षमा १ सय मत परेको छ भने मत दिन्न पक्षमा १ मत परेको छ । २ सय ६८ जना सांसद मतदानमा सहभागी भएका थिए । घिमिरेलाई एमाले, माओवादी केन्द्र रास्वपा, राप्रपा, जसपा,नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसदले मतदान गरेका थिए । 

    घिमिरे नेपालको संसदीय इतिहासमा नवौं सभामुखका रुपमा निर्वाचित भएका हुन् । सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले पनि उम्मेदवारी दिएकी थिइन् ।


    images
    images

    Logo