images
images

६२ प्रतिशतले बढ्यो आरएसडिसी लघुवित्तको नाफा, अन्य सूचक कस्तो छ ?


  • 418
    SHARES
  • २०७९ माघ ५ गते बिहीबार

    ६२ प्रतिशतले बढ्यो आरएसडिसी लघुवित्तको नाफा, अन्य सूचक कस्तो छ ?

    काठमाडौं ।  आरएसडिसी लघुवित्तको नाफा ६२ प्रतिशतले बढेको छ । दोस्रो त्रैमासमा वित्तीय विवरण अनुसार लघुवित्तले ७ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यस्तो रकम ४ करोड ८९ लाख रुपैयाँ रहेको थियो । 

    लघुवित्तको खुद ब्याज आम्दानी ५६.३४ प्रतिशत बढेर १४ करोड ७५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी ५२.४४ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको संचालन मुनाफा ५२.४४ प्रतिशतले बढेर १६ करोड ५१ लाख पुगेको छ । सो अवधिमा  कम्पनीको वितरणयोग्य मुनाफा ६ करोड ५८ लाख रहेको छ  ।

    सो अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १९ रुपैयाँ ७३ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १३२ रुपैयाँ ४५ पैसा रहेको छ । कम्पनीको खराब कर्जा ०.८१ प्रतिशत रहेको छ । 

     


    images
    images

    Logo