images
images

१० अर्ब रिपो जारी गर्दै राष्ट्र बैंक


  • 372
    SHARES
  • २०७९ माघ ४ गते बुधबार

    १० अर्ब रिपो जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नपाल राष्ट्र बैंकले माघ ५ गते १० अर्ब बराबरको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अभाव देखिए पछि बैंकले रिपो मार्फत १० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो । 

    राष्ट्र बैंकले बुधबार सुचना जारी गर्दै आउँदो माघ १९ गते परिपक्व हुने गरी १० अर्ब बराबरको रिपो बोलकबोल गर्ने भएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन् । 

    बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ ।


    images
    images

    Logo