काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको नाफा बढेको छ । पुस मसान्तसम्मको विवरण अनुसार माइक्रोफाइनान्सको नाफा ३८.५३ प्रतिशतले प्रतिशतले बढेको हो । सो अवधिमा कम्पनीले १४ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यस्तो रकम १० करोड ४४ लाख रुपैयाँ रहेको थियो।
पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३२ करोड ५ लाख रुपैयाँ रहेको छ। त्यस्तै कम्पनीको कुल सञ्चालन आम्दानी २६ करोड ३८ रुपैयाँ रहेको छ। सो अवधिमा कम्पनीको जगेडा कोष ११.५८ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको सापटी ७.६७ प्रतिशत घटेको छ भने कर्जा २.८९ प्रतिशत घटेको छ।
सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २५ रुपैयाँ १८ पैसा रहेको छ । भने प्रतिशेयर नेटवर्थ १ सय ३३ रुपैयाँ २७ पैसा रहेको छ।