काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपरिवेक्षकीय सूचना प्रणालीमा नयाँ व्यवस्था थप गरेको छ । राष्ट्र बैंकले मंगलवार सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुका लागि सर्कुलर जारी गर्दै नयाँ व्यवस्था थप गरेको हो ।
अब बैंक तथा वित्तीय संस्थाले दैनिक तरलता विवरण अर्को कार्यदिनको मध्याह्न १२ बजेसम्म र अन्तर बैंक कारोबारको विवरण कारोबार सम्पन्न गर्नासाथ सुपरिवेक्षकीय सूचना प्रणाली (एसआईएस रिपोर्टिङ पोर्टल) मार्फत यस बैंकमा पठाउनु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
त्यस्तै २०७८ असार १ देखि राष्ट्र बैंकमा पेश गर्नुपर्ने रिर्टनहरु सुपरिवेक्षकीय सूचना प्रणाली रिपोर्टिङ पोर्टलमा समेत अनिवार्य रुपमा अद्यावधिक गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
यस व्यवस्था बमोजिम २०७८ असार एक गतेदेखि राष्ट्र बैंकमा पेश गर्नुपर्ने रिर्टनहरु सुपरिवेक्षकीय सूचना प्रणाली रिपोर्टिङ पोर्टलमा समेत अनिवार्य अध्यावधिक गर्नुपर्नेछ । साथै ब्याजदर संशोधन गरेको ७ दिनभित्र निक्षेप तथा कर्जाको ब्याजदर सम्बन्धी विवरण राष्ट्र बैंकको सुपरिवेक्षकीय सुचना प्रणाली रिपोर्टिङ पोर्टलमा अद्यावधिक गर्नुपर्ने ब्यबस्था राष्ट्र बैंकले गरेको छ।



