काठमाडौं । नेपाल बीमा प्राधिकरणले २ इन्स्योरेन्स कम्पनीलाई मर्जरमा जानका लागि सैद्दान्तिक स्वीकृति दिएको छ । प्रधिकरणले मंगलवार अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सलाई मर्जरमा जानका लागि सैद्दान्तिक स्वीकृति दिएको हो ।
गत मंगलवार अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स बिच मर्जर सम्झौता भएको थियो । उक्त सम्झौतापत्रमा युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्त र अजोडका सञ्चालक चिरञ्जिवी दावाले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार कम्पनीको स्वाप रेसियो १००ः९० को अनुपातमा मर्जर गर्ने सहमति भएको छ ।
मर्जर पछि बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स राख्ने सहमति भएको छ भने प्रमुख कार्यकारी अधिकृतमा अजोडका कुमार बहादुर खत्री हुने सहमति भएको छ ।