images
images

छ महिनामा ३२ प्रतिशत बजेट खर्च


  • 358
    SHARES
  • २०७९ माघ १ गते आइतबार

    छ महिनामा ३२ प्रतिशत बजेट खर्च

    काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको बजेट खर्च ३२.१३ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा सरकारले ५ खर्ब ७६ अर्ब ३४ करोड ७६ रुपैयाँ बराबर खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबर विनियोजन गरेको थियो ।
          
    बजेटको अर्धवार्षिक समीक्षा अवधिमा १४ प्रतिशत बराबर मात्रै पुँजीगत खर्च भएको छ । चालु आर्थिक बर्षका लागि सरकारले पुँजीगत शीर्षकमा ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बराबर बजेट छुट्याएको थियो । पुस मसान्तसम्ममा पुँजीगत खर्च ५३ अर्ब ४५ करोड ५२ लाख रुपैयाँ बराबर खर्च भएको हो ।
          
    चालु शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ रुपैयाँ बराबर विनियोजन भएकामा ३८.४६ प्रतिशत अर्थात् ४ खर्ब ५५ अर्ब १२ करोड ७० लाख रुपैयाँ खर्च भएको पनि महालेखा नियन्त्रण कार्यालयले जनाएको छ । 

    त्यस्तै वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख रुपैयाँ बराबर विनियोजन भएकामा २९.४४ प्रतिशत अर्थात् ६७ अर्ब ७६ करोड ५४ रुपैयाँ बराबर खर्च भएको छ ।यही अवधिमा सरकारको राजस्व सङ्कलन वार्षिक लक्ष्यको ३३.९३ प्रतिशत बराबर देखिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ३ अर्ब १४ करोड ७० लाख रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य राखेको छ । 

    तर ६ महिना अवधिमा वार्षिक लक्ष्यको ३३.९३ प्रतिशत अर्थात् ४ खर्ब ९४ अर्ब ८४ करोड ५८ लाख रुपैयाँ बराबर खर्च भएको छ । जसमध्ये कर राजस्वतर्फ ४ खर्ब ५ अर्ब २६ करोड ९३ लाख रुपैयाँ र गैरकर राजस्वतर्फ ५३ अर्ब ७१ करोड ७५ लाख रुपैयाँ बराबर सङ्कलन भएको छ ।
          
    चालु आर्थिक वर्षका लागि सरकारले ५५ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको थियो । हालसम्म वार्षिक लक्ष्यको ८.६६ प्रतिशत अर्थात् ४ अर्ब ८० करोड २० लाख रुपैयाँ बराबर वैदेशिक अनुदान सरकारले लिएको छ ।

     


    images
    images

    Logo