काठमाडौं । नेपाल बैंकर्स संघले माघ महिनाको लागि ब्याजदर घटाउने निर्णय गरेको छ। बुधबार बसेको संघको बैठकले सो निर्णय गरेको छ ।
संघका अनुसार माघ महिनाका लागि वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर ११ प्रतिशत कायम हुने भएको छ । त्यस्तै संस्थागत मुद्दतीतर्फको ब्याजदर ९ प्रतिशत कायम हुने भएको छ ।
हाल वाणिज्य बैंकहरुको व्याजदर व्यक्तिगत मुद्धतीको ब्याजदर १२.१३३ प्रतिशत र संस्थागत मुद्धतीको ब्याजदर १०.१३३ प्रतिशत कायम रहेको छ । संघले असोजमा कायम गरेको ब्याजदरलाई पुससम्म निरन्तरता दिएको थियो । अब माघदेखि सो व्याजदर घट्ने भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगतभन्दा संस्थागत मुद्दती खातामा २ प्रतिशत बिन्दु कम ब्याजदर दिनुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।