काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३ ब्रोकर कम्पनीलाई जरिवाना गरेको छ । बोर्डले उक्त कम्पनीहरुलाई तोकिएको समयमा प्रतिवेदन पेश नगरेको भन्दै नगद जरिवाना तिराएको हो ।
यसरी बोर्डको कारबाहीमा पर्ने कम्पनीमा सनी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र त्रिसुल सेक्युरिटिज रहेका छन् । उक्त कम्पनीलाई बोर्डले १० हजार देखि ७५ हजार रुपैयाँसम्म नरिवाना गरेको छ ।
तोकिएको समयमा प्रतिवेदन पेश नगरेको भन्दै बोर्डले सनी सेक्युरिटिज कम्पनीलाई १० हजार, इम्पेरियल सेक्युरिटिजलाई ७५ हजार र ७५ हजार जरिवाना गरेको छ ।
यस्तै बोर्डले ३ ब्रोकर कम्पनीलाई नगद जरिवाना गर्दै केयर रेटिंगलाई स्पष्टिकरण सोधेको छ । कम्पनीले रेटिंग नियमावली २०६८ को उल्लंघन गरी आफ्नो मुख्य सेयरधनीको रेटिंग गरेको भन्दै कारबाही किन नगर्ने र केयर रेटिंग नेपालको अनुमतिपत्र किन निलम्बन नगर्ने भनी स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।



