images
images

२ इन्स्योरेन्स कम्पनीको मर्जर भाँडियो, २४ घण्टामै दोस्रो कम्पनीसँग पुनः मर्जर 


  • 833
    SHARES
  • २०७९ पौष २७ गते बुधबार

    २ इन्स्योरेन्स कम्पनीको मर्जर भाँडियो, २४ घण्टामै दोस्रो कम्पनीसँग पुनः मर्जर 

    काठमाडौं । २ इन्स्योरेन्स कम्पनीको मर्जर भाँडिएको छ । मंगलवार प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको मर्जर भाँडिएको हो । दुबै कम्पनीलाई डी मर्जरका लागि नेपाल बीमा प्रधिकरणले पनि सहमति दिएको छ । 

    गत असारको ३२ गते प्रभु इन्स्योरेन्स  र अजोड इन्स्योरेन्सकाे बीचमा एक आपसमा मर्जर जाने  सहमति भएको थियो । सो सहमति अनुसार कम्पनीको स्वाप रेसियो १००ः७०को अनुपातमा कायम हुने र मर्जरपछि कम्पनीको नाम प्रभु इन्स्योरेन्स नै हुने र सञ्चालक समितिको अध्यक्षमा अजोडका आजाद श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा प्रभु इन्स्योरेन्सका सञ्चित बज्राचार्य हुने सहमति भएको थियो ।

    तर पछिल्लो समयमा प्रभु र अजोड इन्स्योरेन्स बिच स्वाप रेसियो, नाम र संचालकको बिषयमा सहमती हुन नसक्दा मर्जर तोडिएको हो । प्रभुसँग अजोडको मर्जर भाँडिएसँगै अजोड इन्स्योरेन्सले २४ घण्टामै युनाइटेड इन्स्योरेन्ससँग मर्जरका लागि सम्झौता गरेको छ ।  

    मंगलवार युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्त र अजोडका सञ्चालक चिरञ्जिवी दावाले  प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कम्पनीको स्वाप रेसियो  १००ः९० को अनुपातमा मर्जर गर्ने  सहमति भएको छ ।

    मर्जर पछि बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स राख्ने सहमति भएको छ भने प्रमुख कार्यकारी अधिकृतमा अजोडका कुमार बहादुर खत्री हुने सहमति भएको छ । 


    images
    images

    Logo