images
images

नेप्सेको वृद्धिमा ब्रेक लाग्यो, कारोवार साढे ७ अर्ब माथि


  • 325
    SHARES
  • २०७९ पौष २६ गते मंगलबार

    नेप्सेको वृद्धिमा ब्रेक लाग्यो, कारोवार साढे ७ अर्ब माथि

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक २१.३५ अंकले घटेको छ । साताको तेस्रो दिन नेप्सेमा २ करोड ८ लाख ४३ हजार ९ सय ५२ कित्ता शेयर ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५ सय ७९ दशमलव ८६ रुपैयाँमा कारोवार भएको हो । 

    आज कारोवारमा आएका २ सय ९ कम्पनीमध्ये १ सय ५१ को शेयर मूल्य घटेको, ५३ को बढेको छ भने ५ वटाको स्थिर रहेको छ । १३ मध्ये २ उपसमूहको सूचक बढेको छ भने ११ उपसमूहको सूचक घटेको छ । बैंकिङ सूचक र म्युचुअल फन्ड बाहेक अन्य उपसमूहको सूचक घटेको छ । 

    नेप्सेको अनुसार आज कारोवारमा आएका मध्ये बाराही हाइड्रोपावरको शेयरमा मात्र सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै शेयर कारोवार हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलोपमेन्ट कम्पनीको भएको छ । धेरै रकमको कारोवार ङादी ग्रुप पावर लिमिटेडको रहेको छ । 

     


    images
    images

    Logo