images
images

लक्ष्मी र सनराइज बैंकबीच मर्जरको सम्झौता, यस्तो छ सहमति 


  • 408
    SHARES
  • २०७९ पौष २५ गते सोमबार

    लक्ष्मी र सनराइज बैंकबीच मर्जरको सम्झौता, यस्तो छ सहमति 

    काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच  मर्जर सम्झौता भएको छ।  एक आपसमा मर्जरमा जानको लागि दुई बैंकबीच पुस २५ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा लक्ष्मी बैंकको तर्फबाट अध्यक्ष रमण नेपाल र सनराइज बैंकको तर्फबाट अध्यक्ष मोतीलाल दुगडले हस्ताक्षर गरेका छन् । दुई बैंकबीच डिडिए अनुसार स्वाप रेसियो कायम गर्ने सहमति भएको छ ।

    हालसम्मको सहमति अनुसार अध्यक्ष पनि लक्ष्मीले पाउने र सीइओ पनि लक्ष्मीले पाउने भएको छ ।   मर्जर पछि बन्ने  बैंकको नाम लक्ष्मी सनराइज बैंक वा लक्ष्मी बैंक हुने छ। 

    लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ। दुई बैंक मर्जपछि २१ अर्ब ६५ करोड चुक्ता पुँजी हुनेछ। दुवै बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश दिएका थिएनन् ।


    images
    images

    Logo