काठमाडौं । मेगा र नेपाल इन्भेष्टमेन्ट बैंकको सम्पुर्ण बैंकिङ सेवा आज र भोली बन्द हुने भएको छ । यी दुबै बैंकले मर्जर गरेपश्चात पुस २७ गते एकिकृत कारोबार गर्ने भएको छन् । सोहि प्रयोजनका लागि बैंकको केन्द्रिय कार्यलय र शाखाबाट प्रदान गर्दै आएका सम्पुर्ण बैंकिंङ सेवा बन्द गर्न लागेका हुन् ।
दुबै बैंकले मर्जरको सम्पुर्ण प्रकृयाँ पुरा गरिसकेका छन् । मर्जर पछि पुस २७ गतेदेखि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकिकृत कारोबार हुने भएको छ । दुबै बैंक १००ः९० को अनुपातमा अर्थात मेगा बैंकको हाल कायम शेयरधनीले मर्जरपछि बन्ने बैंकमा अहिलेको १०० कित्ता शेयर बराबर ९० कित्ता पाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले यी दुबै बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । मर्जर भएपश्चात् सो बैंकको चुक्ता पूँजी ३२ अर्वभन्दा बढी हुनेछ ।
मर्जरपश्चात बैंकको केन्द्रिय कार्यलय आल इन्भेष्टमेन्टको कार्यलय रहेको स्थान काठमाडौं दर्बारमार्गमा रहने पनि बैंकले जनाएको छ ।



