images
images

आजदेखि एकिकृत कारोबार गर्दै ग्लोबल बीओके, देशकै ठुलो बैंक बन्ने


  • 558
    SHARES
  • २०७९ पौष २५ गते सोमबार

    आजदेखि एकिकृत कारोबार गर्दै ग्लोबल बीओके, देशकै ठुलो बैंक बन्ने

    काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकिकृत कारोबार आजदेखि सुरु हुने भएको छ । यी दुबै बैंकले मर्जर गरेपश्चात आजबाट आजबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् । 

    यी दुई बैंकले गत असार २ गते मर्जरमा जानका लागिसम्झौता गरेका थिए । यी दुबै बैंक समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने सहमति भएको छ । मर्जर पश्चात ग्लोबल आइएमई बैंकको नामबाट आजदेखि एकिकृत कारोबार सुरु गर्न लागेको बैंकले जनाएको छ । 

    यी दुबै बैंकले एकिकृत कारोबार प्रयोजनका लागि पुस २२, २३ र २४ गते बैंक अफ काठमाडूको र २३ र २४ गते ग्लोबल आइएमई बैंकको सम्पुर्ण शाखाबाट प्रदान गरिने बैंकिङ सेवाहरु बन्द गरेका थिए । उक्त बैंकलाई नेपाल राष्ट्र बैंकले पुस १४ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । 

    मर्जर पश्चात बन्ने बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच र बैंक अफ काठमाण्डूका तर्फबाट दुईजना रहनेछन् ।  

    त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् । कूल २१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा पाँचवटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा छवटा फाइनान्स कम्पनी समाहित भइसकेको हुनेछ ।

    मर्जरपश्चात् बन्ने बैंकको चुक्ता पूँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ । बैंकको जेगडा कोष १९ अर्ब ५६ रुपैयाँ पुग्नेछ । बैंकहरुको वित्तीय विवरणका आधारमा मर्जरपश्चात् बैंकको निक्षेप ४ खर्ब १२ अर्ब रुपैयाँ र कर्जा ३ खर्ब ७७ अर्ब रुपैयाँ भन्दा बढी पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कूल पूँजी, चुक्ता पूँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ ।

    दुवै बैंकहरू एकापसमा गाभिएपश्चात् संस्थाको पूँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनाका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकका रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरूलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई उच्चतम प्रतिफल दिने विश्वास बैंकले लिएको छ ।

     


    images
    images

    Logo