images
images

७२ वित्तीय संस्थालाई कम्पनी रजिष्ट्रारले कारबाही गर्ने, कुन कुन परे ?


  • 437
    SHARES
  • २०७९ पौष २४ गते आइतबार

    ७२ वित्तीय संस्थालाई कम्पनी रजिष्ट्रारले कारबाही गर्ने, कुन कुन परे ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकको नियमनमा रहेका ७२ वटा वित्तीय संस्थाहरुलाई कम्पनी रजिष्ट्रार कार्यालयले कारबाही गर्ने भएको छ ।  समयमा साधारणसभा सम्पन्न गर्न नसकेपछि ती संस्थाहरु कारबाहीमा पर्ने भएका हुन् । 

    ७२ वटा कम्पनीहरुमध्ये २ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक, ८ वटा फाइनान्स कम्पनी र ५२ वटा लघुवित्त रहेका छन् । कम्पनी ऐन अनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र सबै कम्पनीले साधारणसभा गरिसक्नुपर्ने उल्लेख गरिएको छ । यसअनुसार पुस भित्र सबै कम्पनीले सभा गरिसक्नु पर्ने हुन्छ । तर ७२ कम्पनीले सो समयभित्र सभा गर्न नसक्ने भएका छन् । त्यसरी वार्षिक साधारणसभा बोलाउँदा सबै कम्पनीले कम्तीमा २१ दिन अगाडी नै सभा घोषणा गरिसक्नुपर्ने नियम छ । 

    सभा गर्न नसक्ने कुन कुन कम्पनी छन् ?

    यसरी साधारणसभा गर्न नसक्ने कम्पनीहरुमा बाणिज्य बैंकहरुमा सनराइज बैंक र कृषि विकास बैंकले तोकिएको समयमा साधारणसभा बोलाउन सकेका छैनन् । यस्तै विकास बैंकतर्फ कर्णली, सांग्रिला, एक्सेल, गरिमा, कामना, कर्पोरेट, ज्योती सिन्धु, साल्पा, सप्तकोशी र ग्रीन डेभलपमेन्ट बैंकले साधारणसभा बोलाउन सकेका छैनन् ।

    उता वित्त कम्पनीतर्फ गुडविल फाइनान्स, प्रोगेसिभ फाइनान्स, जानकारी फाइनान्स, समृद्धि फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैकिङ एन्ड फाइनानस, रिलायन्स फाइनान्स, गोर्खाज फाइनान्स र बेष्ट फाइनान्सले तोकिएको समयमा सभा बोलाउन सकेनन् । 

    त्यसैगरी लघुवित्त कम्पनीहरुमा ६४ वटा कम्पनी सञ्चालनमा रहेका छन् । त्यसमध्ये ६० वटा कम्पनी नेप्सेमा सुचीकृत छन् । सुचीकृत कम्पनीमध्ये ८ वटा कम्पनीले मात्रै पुसमा साधारण सभा बोलाएका छन् । जसमध्ये फस्ट माइक्रोफाइनान्स, आरएसडीसी लघुवित्त, फर्वाड माइक्रोफाइनान्स, सीवार्इसी नेपाल लघुवित्त, गुराँस लघुवित्त, साधना लघुवित्त, मिर्मिरे लघुवित्त र आधिँखोला लघुवित्तले मात्रै सो अवधिमा साधारण सभा बोलाएका छन् । 

    समयमा साधारणसभा नगर्नेलाई के हुन्छ कारबाही ?

    कम्पनी ऐनले समयमै साधारणसभा गर्न नसक्ने १ करोड भन्दा बढी चुक्ता पुँजी भएको कम्पनीलाई म्याद सकिएको ३ महिनासम्म ५ हजार रुपैयाँ, ६ महिनासम्म १२ हजार रुपैयाँ, एक वर्षभन्दा बढी भए २२ हजार रुपैयाँ र सोभन्दा बढी समयसम्म साधारणसभा नगर्ने कम्पनीलाई प्रत्येक वर्ष २० हजार रुपैयाँको दरले जरिवाना गर्ने व्यवस्था गरेको छ । जरिवाना रकम ठूलो नभए पनि यसले कम्पनीहरुलाई नैतिक दबाब दिने गर्छ ।

    उता नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनी छ भने यसरी समयमा साधारणभा नगर्ने कम्पनीको शेयर धितोमा राखेर ऋण लिन समेत नपाइने व्यवस्था छ । नेप्सेले मार्जिन ट्रेडिङका लागि समेत यस्ता कम्पनीको शेयरमा बन्देज लगाएको छ ।


    images
    images

    Logo