images
images

सिन्धुपाल्चोकका बाढी प्रभावितहरु अझै पीडामा, हाम्रो परिवार राम्रो परिवारले गर्यो राहत वितरण


  • 137
    SHARES
  • २०७८ आषाढ ८ गते मंगलबार

    सिन्धुपाल्चोकका बाढी प्रभावितहरु अझै पीडामा, हाम्रो परिवार राम्रो परिवारले गर्यो राहत वितरण

    काठमाडौं । हाम्रो परिवार राम्रो परिवारले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको छ । हाम्रो परिवार राम्रो परिवारका सचिव दिपेन्द्र खण्डको नेतृत्वमा गएको राहत वितरण टोलीले सोमबार हेलम्बु गाउँपालिका–१,२ र ३ मै पुगेर राहत बाँडेको हो ।

    ‘उक्त क्षेत्रका वास्तबिक पिडितले आज सम्म कुनै राहत नपाएको र हामीले केहिपनि सामग्रीहरू नपाएको स्थानीय बासीले बताएका छन् । राहत सामग्री बोकेर हाम्रो परिवार राम्रो परिवारको टिम सोमबार बिहान सिन्धुपाल्चोकको हेलम्बु लागेका थियो । खाद्य, स्वास्थ्य तथा बासका राहत बोकेर हेलम्बु पुगेको यो पहिलो टोली थियो ।

    सिन्धुपाल्चोकका बाढी–पहिरो पीडितलाई सहयोग गर्न सरकारले तदारुकता नदेखाइरहेका बेला उनीहरू राहत बाँड्न तत्पर भएका हुन् । राहत ग्रहण गर्दै वडाअध्यक्ष छिरिङ ग्याल्पो लामाले आजसम्म पनि राहत नआएकोमा पहिलो राहत हाम्रो परिवार राम्रो परिवारले ल्याएको बताए । 
    जिल्ला समन्वय समितिकी सदस्य बिमला भण्डारीका अनुसार यो वडामा१ सय ५० घर प्रभावित भएको जानकारी गराइन् ।


    images
    images

    Logo