काठमाडौं । करिब एक दर्जन वाणिज्य बैंकहरु एकीकृत कारोबारको तयारीमा रहेका छन् । १० मध्ये ६ वाणिज्य बैंकले मर्जरको लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाइसकेका छन् । जसमा हिमालयन बैंक र सिभिल बैंकले मर्जरको लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गर्न बाँकी नै छ भने कुमारी बैंक र एनसीसी बैंकले गत साता एकीकृत कारोबार सम्पन्न भइसकेको छ ।
हालसम्म ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू, प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, कुमारी बैंक र एनसीसी बैंकले नेपाल राष्ट्र बैंकबाट मर्जरको लागि अन्तिम स्वीकृति प्राप्त गरेका हुन् । जसमा हिमालयन बैंक र सिभिल बैंकले मर्जरको लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त गर्न बाँकी नै छ
कुन बैंकको कहिले हुँदैछ एकीकृत कारोबार ?
प्रभु र सेन्चुरी बैंक
प्रभु र सेन्चुरी बैंकको एकीकृत कारोबार पुस २६ गते दिन हुने भएको छ ।दुवै बैंक १ः१ अनुपात स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । मर्जपछि प्रभु बैंक नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ । मर्जरपछि बन्ने बैंकको चुक्तापुँजी २२ अर्ब २६ करोड रुपैयाँ पुग्नेछ ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको २७ गतेका दिन हुने भएको छ ।दुवै बैंक १००ः९० को नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ ।
ग्लोबल आइएमई बैंक र बिओके
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार पुस २५ गतेका दिन हुने भएको छ । दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । मर्जपछि बन्ने कम्पनीको चुक्तापुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ ।
हिमालयन र सिभिल बैंक
सिभिल बैंक र हिमालयन बैंकको मर्जर पनि चर्चामा छन् । यी दुवै बैंकबीच १००ः८१ को अनुपातमा मर्ज भएका हुन् । हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८१ स्वाप रेसियोमा प्राप्ति गरेको हो । मर्जपछि हिमालयन बैंककै नामबाट एकीकृत कारोबार सुरु हुनेछ । एकिकृत कारोबारका दिन भने सार्वजनिक हुन बाँकी रहेको छ ।
अव तुलनात्मक रुपमा १० वाणिज्य बैंक मर्जपछि ५ बन्ने भएसँगै सबैभन्दा ठूलो बैंक बन्ने भएका छन् ।



