images
images

मेगा र इन्भेष्टमेन्ट बैंकको सम्पुर्ण बैंकिङ सेवा २ दिन बन्द हुने, यस्तो छ कारण


  • 1.4K
    SHARES
  • २०७९ पौष २२ गते शुक्रबार

    मेगा र इन्भेष्टमेन्ट बैंकको सम्पुर्ण बैंकिङ सेवा २ दिन बन्द हुने, यस्तो छ कारण

    काठमाडौं । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सम्पुर्ण बैंकिङ सेवा २ दिन बन्द हुने भएको छ । शुक्रवार इन्भेष्टमेन्ट बैंकले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । 

    यी दुबै बैंकले मर्जर गरेपछि एकिकृत कारोबार पुस २७ गतेदेखि गर्ने भएका छन् । एकिकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनको लागि यी बैंकले पुस २५ र २६ गते आफ्ना सम्पुर्ण शाखाबाट दिँदै आएका बैंकिङ सेवाहरु बन्द हुने बैंकले जनाएको छ । 

    मर्जर पछि पुस २७ गतेदेखि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकिकृत कारोबार हुने भएको छ । दुबै बैंक १००ः९० को अनुपातमा अर्थात मेगा बैंकको हाल कायम शेयरधनीले मर्जरपछि बन्ने बैंकमा अहिलेको १०० कित्ता शेयर बराबर ९० कित्ता पाउने भएका छन्। 

    नेपाल राष्ट्र बैंकले यी दुबै बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । 


    images
    images

    Logo