images
images

४३.८९% जनसंख्यामा पुग्यो बीमाको पहुँच, जीवन बीमालेखको संख्या ४५% ले बढ्यो


  • 395
    SHARES
  • २०७९ पौष २० गते बुधबार

    ४३.८९% जनसंख्यामा पुग्यो बीमाको पहुँच, जीवन बीमालेखको संख्या ४५% ले बढ्यो

    काठमाडौं । बीमाको पहुँच ४३.८९ प्रतिशत जनसंख्यामा पुगेको छ । नेपाल बीमा प्रधिकरणको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा कुल जनसंख्याको ४३.८९ प्रतिशतले जीवन बीमा गराएका हुन् । यो संख्या म्यादी लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेख सहित हो । 

    गत वर्षको सोही अवधिमा बीमाको दायरामा आएको जनसंख्या ३०.७२ प्रतिशत रहेको थियो । नेपालको जनसंख्यालाई ३ करोड ४ लाख मानेर उक्त पहुँचको दर गणना गरिएको हो ।

    म्यादी लघुम्यादी र बैदेशिक रोजगार जीवन बीमालेख बाहेक ५१ लाख २० हजार जनाले जीबन बीमा गरेका छन् । म्यादी जीवन बीमालेखसहित भने कुल बीमितको संख्या १ करोड २० लाख जनामा बीमाको पहुँच पुगेको छ । यो ३९.७८ प्रतिशत हो ।

    म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखलाई हटाउँदा भने अहिलेसम्म जनसंख्याको १६.८४ प्रतिशतले मात्रै जीवनबीमा पोलिसी किनेको बीमा प्राधिकरणले जनाएको छ ।

    मंसिर मसान्तसम्ममा बीमा कम्पनीले कुल ७५ अर्ब ४९ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यो गत वर्षको तुलनामा २.६४ प्रतिशतले बढी हो । एक वर्षमा जीवन बीमालेख संख्या भने ४५.४० प्रतिशतले बढेको छ ।

    गत वर्षको सोही अवधिमा जीबन बीमा कम्पनीहरुले जारी गरेको जीवन बीमालेख संख्या ९६ लाख १९ हजार थियो । अहिले यस्तो संख्या ४०.४५ प्रतिशतले बढेर १ करोड ३९ लाखमा पुगेको छ । 

    त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले जारी गरेको बीमालेख संख्या भने गत वर्षको भन्दा ८.०९ प्रतिशतले घटेको छ । मंसिर मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ११ लाख ४७ हजार वटा पोलिसी जारी गरेका छन् ।


    images
    images

    Logo