काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले छिट्टै नै यातायात व्यवस्था सेवा सुधार कार्ययोजना ल्याउने बताएका छन् । श्रेष्ठले मंगलबार एकान्तकुनाका साथै ठूलो भर्याङस्थित यातायात कार्यालयको अनुगमन गरेपछि कमजोरीहरूलाई सुधार गर्दै यातायात व्यवस्था सेवालाई चुस्त बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले जनतालाई सहज हुने तरिकाले छिटो छरितो रूपमा काम गर्न समेत त्यहाँका कर्मचारीलाई निर्देशनसमेत दिएका छन्। यसका साथै उनले भने, ‘अहिलेको समस्या समाधान गर्ने, कमजोरी सच्याउने र सेवाग्राहीलाई छिटो सहज सेवा दिन के गर्नुपर्छ भनेर हस्तक्षेपकारी कार्ययोजना बनाउँदैछौं ।’