images
images

टेकू– स्युचाटार प्रसारणलाइन चार्ज गर्दै प्राधिकरण, अवैध संरचना हटाउन आग्रह 


  • 472
    SHARES
  • २०७९ पौष १९ गते मंगलबार

    टेकू– स्युचाटार प्रसारणलाइन चार्ज गर्दै प्राधिकरण, अवैध संरचना हटाउन आग्रह 

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले टेकू– स्युचाटार १३२ केभी  प्रसारणलाइन चार्ज गर्ने तयारी गरेको छ । मंगलबार प्राधिकरणले एक सुचनाा जारी गर्दै लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकू(स्युचाटार १३२ केभी प्रसारण लाइन  प्रसारण लाइन चार्ज गर्न लागेको जनाएको हो। 

    प्रसारण लाइन चार्ज गरिने लागेकोले प्रसारण लाइनको बाटोमा मापदण्ड विपरीत बनेका घरटहराहरू हटाउन प्राधिकरणले आग्रह गरेको छ । उक्त प्रसारण लाइन ६६ के.भी. बाट १३२ के.भी. मा चार्ज गर्दा कुनै अप्रिय घटना हुन गएमा नेपाल विद्युत प्राधिकरण जवाफदेही नहुने प्राधिकरणले जनाएको छ ।

    यो प्रसारण लाइन टेकू सबस्टेसनबाट (बागमती मार्ग हुँदै बल्खु चोक–परीक्षा नियन्त्रण कार्यालय (त्रि. वि.)  जानकी चोक– अखण्ड विद्या सदन (मैत्रीनगर, कलंकी) ( स्युचाटार सबस्टेसन)सम्म रहेको छ।

    Capture.JPG

     

     

     


    images
    images

    Logo