काठमाडौं । मर्जर प्रक्रिया बैंक अफ काठमाण्डूको ९ लाख कित्ता संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले मंगलवार सूचना जारी गर्दै शेयरधनी भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोरको नाममा दर्ता रहेको ९ लाख ५२ हजार ७ सय ३० कित्ता संस्थापक शेयर विक्रीमा राखेको हो ।
उक्त शेयरको न्युनतम मूल्य २ सय रुपैयाँ तोकिएको छ ।
इच्छुकशेयरधनीले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र कम्पनी सचिवको कार्यालय निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।
तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।