images
images

रौटहट २ बाट निर्वाचित स्वतन्त्र सांसद किरण कुमार साह एमालेमा प्रवेश


  • 486
    SHARES
  • २०७९ पौष १९ गते मंगलबार

    रौटहट २ बाट निर्वाचित स्वतन्त्र सांसद किरण कुमार साह एमालेमा प्रवेश

    काठमाडौं । रौटहट २ बाट निर्वाचित स्वतन्त्र सांसद किरण कुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    साहलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा खादा र टीका लगाएर एमाले प्रवेश गराइएको हो ।

    प्रभु साहको सहयोगमा स्वतन्त्रबाट चुनाव जितेका  किरणले पुनस् एमाले रोजेका हुन् । दुईदिन अघिमात्र प्रभु साहले गठन गरेको पार्टीमा किरनलाई राखेपनि उनले अस्वीकार गरेका थिए ।

    चुनावअघि एमालेमै रहेका किरण जसपासँगको भागवण्डामा आफ्नो क्षेत्र एमालेले गुमाएपछि  स्वतन्त्र रुपमा चुनाव लडेका थिए । चापाकल चिन्हबाट चुनाव लडेका शाहले ३२ हजार ८४२ मत पाएका थिए ।

    उनका निकटतम कांग्रेसका मो।फिरदोस आलमले २८ हजार २ सय ४८ मत पाएका थिए । एमालेसँग तालमेल गरेको जसपाका शैलेन्द्र शाहले २ हजार २२ मत मात्र पाएका थिए ।

    किरण ७४ को निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका थिए ।


    images
    images

    Logo