images
images

गाउँपालिकाका अध्यक्षलाई ३ वर्ष ६ महिना कैद फैसाला


  • 313
    SHARES
  • २०७९ पौष १९ गते मंगलबार

    गाउँपालिकाका अध्यक्षलाई ३ वर्ष ६ महिना कैद फैसाला

    काठमाडौं । बागलुङका एक गाउँपालिकाका अध्यक्षलाई ३ वर्ष ६ महिना कैद फैसाला भएको छ । जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई जिल्ला अदालत बागलुङले  सोमबार ३ वर्ष ६ महिना कैद फैसाला भएको हो ।


    गाउँपालिकाका अध्यक्ष घर्तीलाई  लागुऔषधसम्बन्धी मुद्दामा  बागलुङ जिल्ला अदालतका न्यायाधीश डा दिवाकर भट्टको इजलासले ३ वर्ष ६ महिना कैद तथा ५० हजार जरिवाना फैसाला गरेको हो ।निसीखोला-६ को वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित घर्ती आफ्नै घरबाट पक्राउ परेका थिए ।

    बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । तत्कालीन वडाध्यक्ष घर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो ।

     जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान गरी २०७७ भदौ ४ गते जिल्ला अदालत बागलुङमा लागुऔषध गाँजारचरेस नियन्त्रण ऐन, २०३३ सम्बन्धी मुद्दा दर्ता भएको थियो ।


    images
    images

    Logo