images
images

राप्रपा भक्तपुरका जिल्ला अध्यक्ष लामिछानेद्धारा पार्टी परित्याग


  • 440
    SHARES
  • २०७९ पौष १८ गते सोमबार

    राप्रपा भक्तपुरका जिल्ला अध्यक्ष लामिछानेद्धारा पार्टी परित्याग

    भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरका जिल्ला अध्यक्ष रामशरण लामिछाने पार्टी परित्याग गरेका छन् । पार्टीका जिल्ला अध्यक्ष लामिछानेले जिल्ला अध्यक्ष तथा साधारण सदस्यसमेतबाट राजीनामा दिएका हुन् । 

    राजीनमा पत्रमा लामिछानेले आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिदै पुस ४ गतेकै मितिदेखि पार्टीबाट अलग भएको उल्लेख गरेका छन् । पुस ४ गतेको मितिमा लेखिएको राजीनामा पत्र दुई सातापछि सोमवारमात्र सार्वजनिक गरिएको छ ।

    पार्टी जिल्ला कार्य समितिलाई सम्बोधनगरी लेखिएको राजीनामामा लामिछानेले अव आफु स्वतन्त्र हैसियतमा रहने उल्लेख गरेका छन् । उनको पारिवारिक स्रोतका अनुसार पार्टी नेतृत्वसंग असहमति बढेसंगै लामिछानेले राजीनामा दिएका हुन् ।


    images
    images

    Logo