images
images

चार घण्टापछि चल्यो यातायातको सर्भर, बारम्बार समस्या आउँदा पनि छैन पहल


  • 404
    SHARES
  • २०७९ पौष १८ गते सोमबार

    चार घण्टापछि चल्यो यातायातको सर्भर, बारम्बार समस्या आउँदा पनि छैन पहल

    काठमाडौं । यातायात व्यवस्था विभागको सर्भर चार घण्टापछि सञ्चालनमा आएको छ । अनलाइन फाराम भरेर सोमबारका लागि बोलाइएका सेवाग्राहीहरु बिहान ६ वजेदेखि लाइन बसेपनि सर्भर नचल्दा छ(सात घण्टा पछि त्यतिकै घर फर्किन बाध्य भएका थिए । 

    सोमवार बिहानैदेखि यातायात कार्यालयहरु सानोभर्याङ, सुकेधारा, भक्तपुर, गुर्जुधारा लगायत देशभरका  सबै ३३ वटा यातायात कार्यालयमै सर्भर डाउन भएको थियो । सर्भर नचलेपछि र तत्कालै सर्भर चल्ने नदेखिएपछि यातायात व्यवस्था कार्यालय भक्तपुरले सोमबारका लागि मिति पाएका सेवाग्राहीलाई बिहीबार आउन सुचना जारी गरेको थियो। 

    अन्य कार्यालयहरुले पनि सूचना प्रकाशन गर्दै मिति सारेका थिए।पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले राहदानी, लाइसेन्स लगायतका अत्यावश्यक सेवामा लाइन बस्न नपर्ने व्यवस्था गर्ने निर्णय गरेको थियो । राहदानीको समस्या समाधान गर्न समिति गठन भए पनि लाइसेन्सका लागि अहिलेसम्म कुनै पहल भएको छैन । अहिले संघीय सरकार अन्तर्गतको यातायात व्यवस्था विभागले सर्भरको नियन्त्रण छ । प्रदेश सरकार अन्तर्गतका यातायात कार्यालयहरुले यो सर्भरको प्रयोग गर्दै आएका छन् ।

     यातायात व्यवस्था विभागको कमजोरीका कारण आफूहरुले बारम्बार अपजस भोग्नुपरेको गुनासो कार्यालयहरुले गर्दै आएका छन् । सर्भरकै नचलेकै कारण  बिहानैदेखि लाइनमा बसेका सेवा ग्रहिको गाली खानु परेको यातायात कार्यालय भक्तपुरका एक कर्मचारीले बताए ।

    अत्यावश्यक कार्यालयमा बारम्बार यस्ता समस्या आएर सेवा ग्राहिले दुःख पाउँदा पनि सरकारले वैकल्पिक व्यवस्था गर्नेतर्फ ध्यान नदिएको गुनासो पुर्व संचारकर्मि पदमराज कार्कीले गरे।


    images
    images

    Logo