images
images

१७ अंकले बढ्यो नेप्से, २ अर्ब ९६ करोडको कारोबार हँदा ४ कम्पनीको शेयर मूल्यमा सर्किट 


  • 263
    SHARES
  • २०७९ पौष १८ गते सोमबार

    १७ अंकले बढ्यो नेप्से, २ अर्ब ९६ करोडको कारोबार हँदा ४ कम्पनीको शेयर मूल्यमा सर्किट 

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.५६ अंकले बढेर २ हजार ६३ दशमलव ८३ विन्दुमा पुगेको छ । साताको दोस्रो दिन सोमबार २ सय ५३ कम्पनीको २ अर्ब ९३ करोड रुपैयाँ बराबरको ८२ लाख ७१ हजार कित्ता शेयर किनबेच भएको छ । आज नेप्से बढेपनि कारोबार रकममा भने गिरावट आएको छ ।  आइतबार ४ अर्ब ४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।आज १ सय ६५ कम्पनीको शेयर मूल्य बढेको छ । ३९ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्यमा स्थिर आएको छ ।

    आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । आज कम्पनीको १६ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।एनआइसी एशिया बैंकको ११ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज कारोबारमा आएका ४ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा धौलागिरी लघुवित्त, श्रीजनशील लघुवित्त, खप्तड लघुवित्त र अजोड इस्योरेन्स रहेका छन् । 

     


    images
    images

    Logo