काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते संसदमा विश्वासको मत लिग्ने भएका छन् । पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका दाहालले २६ गते विश्वासको मत लिने विषय संसदको कार्यसूचीमा राख्न पत्र पठाएका हुन्।
प्रचण्ड संविधानको धारा ७६ को उपधारा २ बमोजिम सात दलको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। यसरी प्रधानमन्त्री बनेका व्यक्तिले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। विश्वासको मत पाएपछि मात्र उनले मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् ।
नयाँ प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते बस्न लागेको छ। संसद बैठकको अर्को दिनै प्रधानमन्त्रीले विश्वासको मत लिग्न लागेका हुन् ।