images
images

७ बर्षपछि भारतीय सर्वोच्च अदालतले नोटबन्दीविरुद्धको मुद्दामा फैसला 


  • 343
    SHARES
  • २०७९ पौष १८ गते सोमबार

    ७ बर्षपछि भारतीय सर्वोच्च अदालतले नोटबन्दीविरुद्धको मुद्दामा फैसला 

    काठमाडौं । भारतको सवौच्च अदालतले सन् २०१६ मा केन्द्रिय सरकारले गरेको निर्णय सही भएको निर्णय सुनाएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार सर्वोच्चको संवैधानिक इजलासले सोमबार त्यतिबेला ५ सय र १ हजार रुपैयाँका नोट प्रतिबन्ध गर्नु सही भएको फैसला सुनाएको जनाइएकाे छ । 

    सरकारलाई चुनौती दिंदै दायर भएको रिट निवेदनलाई सर्वोच्चले खारेज गरेको छ । राजस्वछली र कालोधन नियन्त्रणका लागि भन्दै ५ सय र १ हजार दरका नोटमा  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले प्रतिबन्ध लगाएको थियो ।

    संवैधानिक इजलासमा रहेका पाँच जना न्यायाधीशमध्ये बहुमतका आधारमा यो निर्णय भएको हो। सन् २०१६ मा भएको विमुद्रीकरणको निर्णयले न्यायिक सिद्धान्तमा असर नगरेको सर्वोच्चको ठहर छ ।


    images
    images

    Logo