images
images

भक्तपुर नगरपालिकाद्वारा विदेशी पर्यटन शुल्क समायोजन


  • 802
    SHARES
  • २०७९ पौष १८ गते सोमबार

    भक्तपुर नगरपालिकाद्वारा विदेशी पर्यटन शुल्क समायोजन

    काठमाडौं । अमेरिकी डलरको भाउ बढेको भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र प्रवेश गर्ने विदेशी पर्यटकसँग लिँदै आएको पर्यटन शुल्क वृद्धि गरेको छ । नगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबारस्कवायरलगायत नगरपालिकाभित्रका सम्पदा अवलोकनका लागि प्रवेश गर्ने विदेशी पर्यटकबाट असुल गर्दै आएको पर्यटन शुल्कमा २०२३ जनवरी १ देखि लागू हुने गरी वृद्धि गरेको हो ।
     
    नगरपालिकाका पर्यटन सूचना केन्द प्रमुख गौतम लासिवाले अमेरिकी डलरको मूल्य उच्च रुपमा वृद्धि हुँदै गएपछि नगरपालिकाले पर्यटन शुल्कमा सोही अनुरुप शुल्क समायोजन गरेको बताए । नगरपालिका प्रवेश गर्ने सार्क राष्ट्रका पर्यटकसँग लिँदै आएको ५ सय रुपैयाँ शुल्क भने यथावतै राखिएको  र सार्क राष्ट्र बाहेक अन्य राष्ट्रका पर्यटकसँग १ हजार ५ सय रुपैयाँ लिँदै आएकामा जनही १ हजार ८ सय रुपैयाँ लिने निर्णय भएकोे  उनले बताए । 

    प्रमुख लासिवाले भने,“नगरपालिकाले नगर परिषद्बाटै शुल्क समायोजन गर्ने निर्णय गरेको थियो, त्यसलाई फष्ट जनवरीदेखि लागू गरेका होँ, डरलको मूल्य १ सय ३० को हाराहारीमा पुगेकाले मूल्य समायोजन गरेका हौँ, डलरमा शुल्क भुक्तानी गर्नेसँग १५ रुपैयाँ अमेरिकी डलर नै लिने र नेपाली रुपैयाँ भुक्तानी गर्नेको हकमा १ हजार ८ सय लिने निर्णय भएको छ ।”


    images
    images

    Logo