images
images

यातायातको सर्भर नचल्दा सेवाग्राहीको विचल्ली 


  • 545
    SHARES
  • २०७९ पौष १८ गते सोमबार

    यातायातको सर्भर नचल्दा सेवाग्राहीको विचल्ली 

    काठमाडौं । यातायात व्यवस्था विभागको सर्भर नचल्दा सेवागाहीको विचल्ली भएको छ । अनलाइन फाराम भरेर सोमबारका लागि बोलाइएका सेवाग्राहीहरु बिहानैदेखि लाइन बसेर फर्किन बाध्य भएका हुन् । 

    यातायात कार्यालयहरु सानोभर्याङ, सुकेधारा, भक्तपुर, गुर्जुधारा लगायत देशभरका यातायात कार्यालयमै सर्भर डाउन भएको थियो । सर्भर नचलेपछि र तत्कालै सर्भर चल्ने नदेखिएपछि यातायात व्यवस्था कार्यालय भक्तपुरले सोमबारका लागि मिति पाएका सेवाग्राहीलाई बिहीबार आउन भनेको छ । अन्य कार्यालयहरुले पनि सूचना प्रकाशन गर्दै मिति सारेका छन् । 

    पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले राहदानी लाइसेन्स लगायत सेवामा लाइन बस्न नपर्ने व्यवस्था गर्ने निर्णय गरेको थियो । राहदानीको समस्या समाधान गर्न समिति गठन भए पनि लाइसेन्सका लागि अहिलेसम्म कुनै पहल भएको छैन । 

    अहिले संघीय सरकार अन्तर्गतको यातायात व्यवस्था विभागले सर्भरको नियन्त्रण छ । प्रदेश सरकार अन्तर्गतका यातायात कार्यालयहरुले यो सर्भरको प्रयोग गर्दै आएका छन् । यातायात व्यवस्था विभागको कमजोरीका कारण आफूहरुले बारम्बार अपजस भोग्नुपरेको गुनासो कार्यालयहरुले गर्दै आएका छन् ।

    321117733_1588535571560224_5915892879885366388_n.jpg


    images
    images

    Logo